ढुवानी भाडा नबढाउन चेम्बर अफ कमर्सकाे माग
कास्की | जेठ २४, २०७९
पोखरा: नेपाल आयल निगमले इन्धनको मूल्यमा गरेको हेरफेरसँगै आफूखुसी ढुवानी भाडा वृद्धि नगर्न पोखरा चेम्बर अफ कमर्स कास्कीले ढुवानी व्यवसायीलाई आग्रह गरेको छ ।
चेम्बरका महासचिव नवराज आचार्यले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सरोकारवाला निकायसँगको समन्वयमा वैज्ञानिक रुपमा मूल्य निर्धारण गर्न आग्रह गरेका हुन् ।
‘सम्पूर्ण व्यवसायी गतिविधिको मेरुदण्डको रुपमा रहेको ढुवानी व्यवसायसमेत इन्धनको मूल्य वृद्धिले व्यवसायको लागत मूल्य बढाएको छ,’ प्रेस विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान विषम परिस्थितिको मौका छोपी सरोकारवाला संस्था तथा व्यक्तिसँग राय, परामर्श नगरी आफू खुसी गरिएको ढुवानी भाडा वृद्धिले सम्पूर्ण सर्वसाधारणमा भार परेको छ ।’
विज्ञप्तिमा आन्दोलनका नाममा मूल्य एकाधिकारको प्रयोग गरी आफूखुसी ढुवानीको भाडा बढाउने कार्यले व्यवसायीको पनि अप्रत्यासित रुपमा लागत वृद्धि हुन गई सम्पूर्ण व्यवसायिक प्रणाली धरासायी हुने खतरा बढेको दाबी गरिएको छ ।
अहिलेको परिस्थितिले सम्पूर्ण वस्तु तथा सेवाको मूल्य वृद्धि हुने तथा सरकारको खुला बजार तथा प्रतिस्पर्धात्मक बजारको अवधारणालाई नै चुनौती दिने गरी एकाधिकार मूल्य अवलम्बन गरिएको उल्लेख गर्दै विज्ञप्तिमा ढुवानी व्यवसायीलाई जती सक्दो चाँडो सम्पूर्ण सरोकारवाला निकायसँग छलफल गरी वैज्ञानिक मूल्य निर्धारण गर्न आग्रह गरिएको छ । विज्ञप्तिमा नेपाल सरकारलाई यो विषयलाई गम्भीर रुपमा लिई अविलम्ब ठोस निर्णय लिन ध्यानाकर्षण गराइएको छ ।
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...
पोखरा: ५ करोड बढीको कारोबार गर्दै १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव शनिबार सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ...

